दाङमा ”नेपाल लोक स्टार सिजन १” मा शनि विश्वकर्मा लाई जिताउ अभियान सम्पन्न

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • कैलाश घर्ती मगर, दाङ

कात्तिक १, दाङ । एपि वान टेलिभिजनमा प्रसारण भइ रहेको चर्चित शो आई एमइ नेपाल लोक स्टार सिजन १ को प्रतिस्पधिमा उत्रिएका स्वरका बलिया धनी रोल्पाका शनि विश्वकर्मा लाई जिताउ अभियान घोराही तुलसीपुर भब्य सभ्य सम्पन्न भएको छ। कार्यक्रमको आयोजना मुल समिती साखा दाङले गरेको थियो।

जसमा संयोजक शेर बहादुर डागी सन्चाल कैलाश घर्ती मगर आर्थिक संयोजक बाल कुमार पुन। सदस्य राम चन्द्र डागी, कमानसिह विश्वकर्मा, महेन्द्र बुढाथोकी, खर्क बहादुर डागी तुल्सी बुढा र मदन वलि रहेका थिए। यातायात गाडी र साउन्ड बक्स तुल्सि बुढा र राजेन्द्र वलिले शौजन्य गर्नु भएको थियो। घोराही तुलसीपुर विभिन्न स्थानमा गरिएको कार्यक्रम प्रस्तुति सङ्गै शनि विश्वकर्माले आफुलाई भोट गरि लोक स्टार बनाउन भोटिङ अपिल समेत गरेका थिए। मुलसमिती सचिवालयका शन्दिप थापा र लेखराज रोका पनि शनि सङ्गै रहेका थिए। अन्तर्राष्ट्रिय रोल्पाली समाज , रोल्पाली समाज दाङ र रोल्पा कोर्चाबाङ सेवा समाज दाङले शनि जिताऔ अभियान उप साखा समिती दाङलाई साथ सहयोग गरेको थियो।

कार्यक्रम भब्य सभ्य सम्पन्न भएकोमा आर्थिक विभिन्न कोणबाट सहयोग गर्नु हुने सबैमा संयोजक डागीले धन्यवाद आभार व्यक्त गर्नु भएको छ। शनि सङ्गै शेर बहादुर डागी शन्दिप थापा र राम चन्द्र डागी रोल्पामा रहेको विभिन्न कार्यक्रम तिर हिडेका छन।

प्रतिक्रिया दिनुहोस