कार्तिक १७, विराटनगर । विराटनगरमा उपचाररत कोरोना भाइरस संक्रमित दुई वृद्ध पुरुषको आइतबार साँझ मृत्यु भएको छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र र नोबेल शिक्षण अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको हो ।
कात्तिक ७ गते कोरोना पुष्टि भएर कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका–३ का ७० वर्षीय वृद्ध र पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएपछि कात्तिक १२ गते आइसोलेसनमा भर्ना गरिएको झापाको दमक नगरपालिका–२ का ७२ वर्षीय वृद्धको मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस