मुख्यमन्त्रीद्वारा वरिष्ठ नेता नेपाललाई धन्यवाद व्यक्त

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २९, काठमाडाैं । नेकपाका नेता तथा ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले नेपाल कम्युनिष्ट पाटीका वरिष्ठ नेता माधवकुमार नेपाललाई धन्यवाद व्यक्त गर्नुभएकाे छ । मुख्यमन्त्री पाेखरेलले सिमानामा काँडेतार लगाउन प्रस्ताव गर्नुभएको नेता नेपाललाई धन्यवाद दिदैं सिमानामा काँडेतार लगाउने प्रस्तावलाई महत्वपूर्ण एजेण्डा बनाइनु पर्ने पनि जनाउनु भएकाे छ ।

उहाँले सामाजिक सञ्जालका लेख्नुभएकाे छ : पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधव नेपालले सिमानामा काँडेतार लगाउन प्रस्ताव गर्नुभएको सुन्दा खुसी लाग्यो । कोभिड १९को महामारीका विरुद्धको लकडाउन र सिमा नाका वन्दगर्ने सरकारको निर्णय कार्यान्वनमा देखिएको चुनौतीले पनि खुला सिमाको जटिलता महसुस गराएको छ ।पछिल्लो समय नेपालमा कोभिड १९ का संक्रमितहरु वढ्नुको मुख्य कारण असुरक्षित तरिकाले सिमापारीवाट लुकिछिपी आउनु पनि हो ।भंसारविन्दुका नाका वाहेक अरु ठाउवाट आउजाउ रोकिने अवस्था रहेकोभए कोभिड १९को संक्रमण नियन्त्रणगर्न सहज हुने थियो । तसर्थ सिमा क्षेत्रका जनताको सुविधाका लागि आउजाउका नाका थपगरेर भएपनि नेपाल भारत बीचकाे सिमानामा तारवारगर्नु आवश्यक छ। नेपाल भारत बीचको सिमा समस्याको समाधानका सन्दर्भमा हुने वार्तामा यसलाई पनि महत्वपूर्ण एजेण्डा बनाइनु पर्दछ ।सामयिक र दुरगामी महत्वको प्रस्तावका लागि वरिष्ठ नेता माधव नेपाललाई हृदय देखिनै धन्यवाद ।

प्रतिक्रिया दिनुहोस