धुम्बाराहीको बैठकबाट आत्तिनु पर्दैनः नेता नेम्वाङ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २१, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा संसदीय दलका उपनेता नेम्वाङले धुम्बाराही भएको बैठकबाट आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो गुटको भेला गर्नुभएको छ । अध्यक्ष प्रचण्डले धुम्बाराही बैठक सकेर अध्यक्ष एवम् प्रधानमन्त्री ओलीसँग सम्वाद गर्ने तयारी रहेको नेता नेम्वाङले जानकारी दिनुभयो । ‘साथीहरुको कुरा सुनेर म तपाइसँग छलफलमा बस्छु भनेर प्रधानमन्त्रीलाई भन्नुभएको रहेछ’, नेम्वाङले भन्नुभयो ।

खुमलटारपछि बालुवाटार पुगेका नेम्वाङले दुई अध्यक्षबीच कुराकानी भएरै प्रचण्डले सचिवालय सदस्यहरुको अनौपचारिक बैठक बोलाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रचण्ड कमरेडले आज सचिवालय सदस्यहरुको छलफल राख्नेबारे हिजै प्रधानमन्त्रीलाई जानकारी दिनुभएको थियो ।’

उपनेता सुवास नेम्वाङले आज खुमलटार पुगेर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो । बैठकअघि खुमलटारमा भएको भेटमा नेम्वाङले पार्टी विभाजन हुनेगरी सम्वाद नगर्न प्रचण्डसँग आग्रह गरेको जानकारी दिनुभयो । ‘पार्टी विभाजन गरेर जनतासम्म कसरी जाने रु यसबारे सोच्नुहोस् भनेर प्रचण्ड कमरेडलाई भनेको छु’, नेम्वाङले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस