बाजुराबाट हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २७ , बाजुरा । बाजुरा जिल्लाको पूर्वीउत्तरी भेगको जगन्नाथ गाउँपालिका–३ की २१ वर्षीया सङ्गीता भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

सोमबार सुत्केरी व्यथा लागेकी भण्डारीको गाउँपालिकामा रहेको हुनी महतीको स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी समीर भण्डारीले जानकारी दिएका छन्। उनले दिएको जानकारीअनुसार भण्डारीको पेटमा दुई उल्टो शिशु भएकाले सुत्केरी गराउन नसकी स्वास्थ्यकर्मीले सोमबार नै अन्यन्त्र पठाइए गरेपनि जिल्लामा व्यवस्था नभएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाएको भण्डारीले बताए। हेलिकप्टरका लागि सोमबार नै कुरा गरेको र उक्त दिन मौसम खराबीका कारण हेलिकप्टर आउन नसकेपछि आज बिहान कैलाश उमावि महतीबाट उद्धार गरिएको प्रजिअ गैह्रेले बताए।

सोमबारदेखिको स्वास्थ्यकर्मीले प्रयास गर्दा राति एउटा बच्चा मृत जन्माएको र अर्को बच्चा पेटमै रहेको हुँदा उच्च रक्तस्राव भएको स्वास्थ्यकर्मीले बताएका छन्। सत्केरीको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्र्तगत उद्धार गरिएको हो।

प्रतिक्रिया दिनुहोस