भारतमा एकै दिन ९६ हजार कोरोना संक्रमित

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

२६भदौ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ९६ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

बिहीबार ९५ हजार ५२९ जनामा संक्रमण पुष्टि भएको भारतमा शक्रुबार ९६ हजार ७६० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४५ लाख ५९ हजार ७२५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ३५ लाख ३९ हजार ९८३ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ४३ हजार ४३८ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७६ हजार ३०४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस