आज नेकपाको स्थायी कमिटी बैठक बस्दै

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २६, काठमाडौँ । आन्तरिक विवादका कारण झण्डै डेढ महिनादेखि स्थगित नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको बैठक आज बस्दैछ । आज ११:०० बजे बस्ने स्थायी कमिटीको बैठकले पार्टीलाई अतीतमुखी कचिङ्गलबाट मुक्त गरेर सुन्दर भविष्यमुखी बनाउने अपेक्षा गरिएको छ । पार्टी भित्रको विवाद कम गर्न सचिवालयको बैठकले कार्यदल बनाएर प्रतिवेदन पनि तयार भइसकेको छ ।सोही अनुसार आज स्थायी कमिटीको बैठक बस्ने भएको हो ।

विवाद समाधान कार्यदलको प्रतिवेदनबारे छलफल, अमेरिकी सहयोग परियोजना एमसीसी र केही अन्य विषयमा सामान्य छलफल गरेपछि स्थायी कमिटीको बैठक आजै टुङ्ग्याउन पनि अध्यक्षद्धयबीच सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस