हत्या गरी फरार रहेका २ जना अभियुक्त पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक २५, काठमाडौं । २०५९ कात्तिक २९ गते धादिङ साबिक दार्खा गाबिस-२ हाल खनियाबास गाउँपालिका-३ बस्ने २४ वर्षीय पशुराम तामाङलाई धारिलो हतियार खुकरी र नाईन स्टिक प्रहार गरी हत्या गरी फरार रहेका २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धादिङ खनियाबास गाउँपालिका-३ बस्ने ४२ वर्षीय गोम लामा तामाङ र काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानी बस्ने धादिङ खनियाबास गाउँपालिका-३ घर भएका ३७ वर्षीय शुक लामा तामाङ रहेका छन् । केन्द्रीय अनुसन्धान व्यूरो महारागजंबाट खटिएको प्रहरीले गोम लामालाई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-१ गागलफेदी र शुक लामालाई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-१ बाबा चोक मुलपानीबाट फेला पारी पक्राउ गरेको हो ।

उनीहरुले पशुराम तामाङलाई पुरानो रिसईबी तथा युवतीको विषयलाई लिएर भएको बिबादमा धारिलो हतियार खकुरी तथा नाईन स्टिक समेत प्रहार गरी हत्या फरार भएका थिए ।साथै वारदात समयबाटै फरार रहेका गोम लामा तामाङ बैदेशिक रोजगारीको सिलसिलामा दुबई गई ३ वर्ष बसी फर्की आए पश्चात गागलफेदीमा कृषि फर्म तथा घर जग्गाको व्यबसाय गर्दै आएको र शुक लामा तामाङ कतार तथा मलेशिया समेतमा ६ वर्ष बसेर फर्की मुलपानीमा खाजा नास्ता पसल संचालन गरी लुकुछिपि बस्दै आएको अनुसन्धानबाट खुल्न आएको उक्त व्यूरोले जनाएको छ ।

पक्राउ दुवै जनालाई आवश्यक कारवाहीको लागि आइतबार जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको सो व्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस