कोरोनाबाट विदेशमा २९३ नेपालीको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७, काठमाडौँ। कोरोना भाइरसबाट विदेशका १९ देशमा रहेका २ सय ९३ नेपालीको निधन भएको गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । स्वास्थ्य समितिका अनुसार संक्रमित नेपालीमध्ये ९१ प्रतिशत कोरोनामुक्त भएका छन् । ४५ मुलुकमा ४६ हजार ५ सय ७८ जना गैरआवासीय संक्रमित भएकामा हालसम्म ४२ हजार ८ सय ३ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।

कोरोनाका कारण हालसम्म सबैभन्दा बढी साउदी अबरमा ८४ जना, यूकेमा ६९ जना र भारतमा ४० जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ । संघका अनुसार यो साता स्पेन, यूके, यूएई, कतार, साउदी अरब, र जापानमा थप संक्रमण देखिएको छ । यसका साथै नेपाली समुदायमा संक्रमण देखिएको देशको सूचीमा नर्वे पनि थपिएको छ ।

प्रतिक्रिया दिनुहोस