कैलालीका नायव सुब्बा जगदिश बहादुर शाहको इन्टरको प्रमाण पत्र नक्कली

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फागुन २८, कैलाली । जिल्ला समन्वय समितिको कार्यालय, कैलाली, धनगढीका नायव सुब्बा जगदिश बहादुर शाहको इन्टरको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको छ ।

इन्टरको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको र सोही प्रमाणपत्रको आधारमा नोकरी खाइरहेको साथै बढुवासमेत हुन लागेको हुँदा कारवाही गरी पाउँ भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज नायव सुब्बा जगदिश बहादुर शाहको प्रमाणपत्र नक्कली फेला परेको हो ।

उनि माध्यमिक शिक्षा परिषद, क्षेत्रीय कार्यालय, इलाहाबाद, उत्तरप्रदेश भारतबाट प्राप्त इन्टरमिडियट तहको नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरी नायव सुब्बा र अधिकृत छैठौ पदमा बढुवा समेत भएका थिए । उनको आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस