आज ५७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १९१

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३०, काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुअनुसार आज ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनिहरु सबै पुरुष रहेको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नयाँ संक्रमितमा कपिलबस्तु जिल्लाका ८ जना, रुपन्देही जिल्लाका ९ जना, पर्सा जिल्लाका ३९ जना तथा बारा जिल्लाका १ जना रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस