मंसिर २०, भक्तपुर । विकास र समृद्धिको तिव्र यात्रामा रहेको भक्तपुरमा विकास निर्माणका कार्यलाई दिगो, प्रभावकारी र स्थायीत्वमा जोड दिँदै निर्माणाधिन आयोजनाको छड्के निरिक्षणलाई विशेष प्राथमिकता दिईने गरेको छ ।
यसै सन्दर्भमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको नेतृत्वमा सडक डिभिजन कार्यालय भक्तपुरबाट विनियोजित रु १ करोडको लागतमा सूर्यविनायक नगरपालिका वडा नं १ बिरुवा बसपार्कबाट सिरुटार चारदोवाटोसम्म २ कि.मी सडकमा भैरहेको ओभरले कालोपत्र (आसपाल पिच)को स्थलगत निरीक्षण गर्नुभएको छ । निरिक्षणका क्रममा सांसद बस्नेतको नेतृत्वमा वडा अध्यक्ष सानुकाजि श्रेष्ठ लगायतका स्थानीयवासीको सहिभागितमा छड्के निरिक्षण गरेको हो ।
निरक्षणका क्रममा सांसद बस्नेतले विकास निर्माणको कार्यक्रमा दिगो र स्थायीत्वलाई विशेष ध्यषन दिन सवैलाई आग्रह गर्नुभयो । विकास निर्माणका कार्यमा आएक कुनै पनि समस्या समाधान गर्न जनप्रतिनिधि हाजिर हुने बताउँदै निर्माण कम्पनीले दिगो र स्थायीत्वलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
विगतमा वक्ति मुनिको अध्यारो भने जस्तै राजधानीसँगै रहेको जिल्ला भक्तपुरमा जनताको इच्छा, चाहना र आवश्यकता अनुसार विकास हुन नसक्दा उपत्यकाकै विकट ठाउँको रुपमा परिचित थियो । यसको मुख्य कारण नै निर्वाचित जनप्रतिनिधिले निर्वाचित भएपश्चात आफ्नो ठाउँलाई ध्यान नदिनु हो । विगत करिव २० वर्ष नेतृत्व गरेका राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिले कुनै पनि योजना ल्याउन नसक्नु नै जनताको विकास प्रतिको चाहनामा तुसारापात हुनु हो ।
तर पछिल्लो दुई वर्षमा भक्तपुरको मुहार फेरिदै गएको छ । यसमा वर्तमान जनप्रतिनिधिको विकास प्रतिको दृढता नै हो । आफ्नो जीवनकाल नै सामाजिक विकास र समृद्धिमा लगाउने उद्घोषका साथ सांसद बस्नेतको नेतृत्वमा हाल भक्तपुरमा जनताको आवश्यकता तथा चाहना अनुसार सडक, खानेपानी, ढल, शिक्षा, स्वास्थ्यलगायतका राष्ट्रिय गौरवका आयोजनाहरु समेत तिव्र गतिका साथ निर्माण कार्य अघि बढेका छन् ।
पछिल्लो समय विकास र समृद्धिमा मुलुककै उदारणीय जिल्लाको रुपमा भक्तपुरलाई लिन सकिन्छ । जस्तै भक्तपुर जिल्लाको पूर्व, पश्चिम, उत्तर र दक्षिण चारै तिर जोड्ने सडक निर्माण, हनुमन्ते नदी सफाई अभियान, अरनिको राजमार्ग सफाई अभियान, हरियाली प्रवद्र्धन, राज्यको शुन्य लगानीमा गरिने विभिन्न कार्यहरुलाई विशेष रुपमा लिन सकिन्छ ।