रसियाको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘सहायक श्रीमान्’ छनौट

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २८, काठमाडौं । रसियाको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपालको लोपोन्मुख बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को हजबेन्ड) छनौट भएको छ । आगामी अगष्ट २७ देखि २९ सम्म रसियामा हुन लागेको अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा नेपालबाट यो फिल्म छनौट भएको हो ।


नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट वृत्तचित्र अवार्डसहित १ हजार अमेरिकी डलर जितेको थियो । बहुपति प्रथामा आधारित ३५ मिनेटको फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो । घरमा जति दाजुभाई छन एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलनलाई फिल्ममा उतारिएको छ ।

साइन मिडिया प्रालिका लागि शारदा गैरेले निर्माण गरेको फिल्म गणेश पाण्डेको निर्देशन रहेको फिल्ममा ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र राधेश्याम तिमिल्सिनाको छायाँकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस