घुस लिएको आरोपमा वनअधिकृत सहित ६ जना पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २८ , उदयपुर। घुस लिएको आरोपमा उदयपुरस्थित सवडिभिजन वन कार्यालय मैनामैनीका सहायक वन अधिकृत शिवनारायण यादवसहित ६ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीको टोलीले यादवसहित सवडिभिजन वन कार्यालय लालबजार रामपुरका सहायक वन अधिकृत बिनोदकुमार साह, फोरेस्टर रमेश राई, सवडिभिजन वन कार्यालय मैनामैनीका फोरेस्टर विशेश्वर चौधरी, वन रक्षकद्वय शैलेन्द्र झा र मनोजकुमार राउतलाई नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीसँग १७ हजार रुपैयाँ घुस लिएको उजुरी परेपछि प्रहरीको टोलीले खानतलासी गरेको थियो । सो क्रममा घुसबापतको रकम फेला परेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको जिम्मा लगाएको थियो ।

आयोगले उनीहरुमाथि थप अनुसन्धान गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस