टिप्परको ठक्करबाट एक जनाको मृ’त्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २७, काठमाडौँ । काठमाडौँको तीनकुनेमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार प्रदेश ३-०१००३ क ४५६३ नम्बर टिप्परको ठक्करबाट बा २९ प १४७९ नम्बरको मोटरसाइकलका चालक भक्तपुरका ५५ वर्षका अनिल गौतमको मृत्यु भएको हो ।

उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस