संसदीय उपसमितिद्धारा कोरोना अस्पतालको अनुगमन

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २७, काठमाडौं । सङ्घीय संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिले कोरोना भाइरस (कोभिड १९) को सम्बन्धमा हालसम्म गरेका काम कार्वाहीको अनुगमन गरेको छ । संसदीय उपसमितिका संयोजक जीवनराम श्रेष्ठ नेतृत्वको टोलीले शुक्रबार साँझ चन्द्रागिरि नगरपालिकामा रहेको मनमोहन अस्पताल दहचोक र सशस्त्र प्रहरी अस्पताल सतुङ्गलको अनुगमन गरेको हो ।

अनुगमन गर्न गठित उपसमितिका संयोजक श्रेष्ठ सहित अन्जना बिशन्खे, एकबाल मिया, सरिता न्यौपाने, नमिता चौधरी, उपसमितिको सचिव अमित कुमार यादव, सचिवालयका कर्मचारी नारायण बस्नेतको टोलिले अनुगमन गरेको हो । उपसमितीले शसस्त्र प्रहरी अस्पताल र मनमोहन स्मृति अस्पतालमा कार्यरत स्वास्थ्य चिकित्सक, स्थानिय जनप्रतिनिधिहरु, प्रहरी बृत्त थानकोटका प्रमुख लगायत स्थानिय तहका स्वास्थ्यकर्मीहरु संग प्रत्यक्ष छलफल गरि स्थलगत अनुगमन गरेको थियो ।

मनमोहनमा १४० र सशस्त्रमा २०० सङ्क्रमितको उपचार भइरहेको नगरपालिकाले जनाएको छ जसमध्ये आठजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अनुगमनका क्रममा उपसमितिका संयोजक श्रेष्ठले कोरोना सङ्क्रमित बिरामीको हेरचाह तथा सेवा सरकारले तोकेको मापदण्डअनुसार हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस