आजबाट ‘मुन्द्रेको कमेडी क्लब’ प्रसारणमा आउने

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २६, काठमाडौँ । चर्चित कलाकार जीतु नेपालको रियालटी कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ आजबाट प्रसारणमा आउने भएको छ । शो संचालक समेत रहेका जीतुले सामाजिक संजाल फेसबुक माफर्त शो आज साँझ ८ः५० देखि नेपाल टेलिभिजनबाट प्रसारण हुन लागेको जानकारी गराएका हुन् । आजको एपिसोडमा अभिनेत्री रेखा थापा अतिथिको रुपमा देखिदै छिन् । जीतुले सरकारको स्वस्थ्य सुरक्षाको नियम पालन गर्दै ‘मुन्द्रेको कमेडी क्लब’का ४ भाग हालै सुटिङ गरेका हुन् ।


अवको शोमा अभिनेत्री करिष्मा मानन्धर अध्यक्षको रुपमा देखिने भएको छीन । शोमा राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राई, काउली बुढीलगायतका कलाकारको प्रस्तुति समेत रहनेछ । यो शो जीतु नेपालकै आधिकारिक यूट्युव च्यानल जीतु कमेडी च्यानलबाट समेत हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस