कित्ता मिलानले उब्जिएका समस्याहरु !

Khabar24Nepal Author Logo..
खिमराज गिरी पढ्न लाग्ने समय : २ मिनेट

कित्ता मिलान नगर्दा नै बेस हुन्थ्यो होला कि, तैपनि भाई फुटे गवार लुटे भनेजस्तो सामुहिक खेती प्रणाली लागू गरौ भनेर कित्ता मिलान गरिहाले अहिले धेरै भाईमा कुन अन्न लगाउने भन्ने विषयलाई लिएर रडाको !

कतिन्जेल यस्तो,

अनि कस्तो बिडम्बनाको परिवार ! सत्य कुरा नपच्ने छोरा छोरीको लागि । बाउ आमा संधैको अप्जसिला हुने र समाज र छिमेकीले पनि वास्तविकता थाहै नपाई परिवार भडाउने कोशिस गर्नु नेपाली समाजको विशेषता नै हो । यहि कित्ता मिलानले छटपटिएका छिमेकीहरु यो परिवारलाई कसरी भडाउन र बिग्रह ल्याउन सकिन्छ भनेर पल्ला गाउंका रोइलेहरुलाई पनि गुहारे, बाटोमा छट्पटाए, उनीहरुको स्वामित्वमा गैरी खेत हुदा पनि नहरको पानी लगाएर खेती गर्ने जागर गरेनन ।

अहिले पाखो बाझो बारीमा अर्काले सिचाई गरेर आधुनिक कृषि प्रणाली लागू गर्न खोज्दा उनीहरुको बारीमा खेती नहुने देखे र छिमेकीको घरमा आगो लगाउदा आफ्नो घर पनि खतरामा पर्छ भन्ने कुरा नबुझि बिना काममा बाटामा बसी रडाको मच्चाइरहदा बादरले न आफ्नो घर बनाउंछ न त अरुको भत्काउन छोड्छ भनेजस्तो भएको छ । तसर्थ कित्ता मिलानले निम्न समस्या उब्जिएका छन :

# मिलेपनि समझ्दारीमा चल्न नसक्नु ,
# केहि भाइरसले घरभित्र रडाको मच्चाउदा छिमेकीले खेल्ने ठाउं पाउनु,
# घरै भाडिन खोज्दा समाज र देस बिकासमा असर पर्नु,
# पल्ला गाउंकाले सोचेजस्तो वातावरणमा चल्न आफ्नै परिवारका केहि सदस्यहरु मनिपोजमा बिक्नु,
# कतै पल्ला गाउकाले फेरी कित्ताकाट गर्न बाध्य बनाउने त हैनन भन्दै कतिपय इमान्दार सदस्यहरुलाई चिन्तामा डुब्न बाध्य बनाइनु ,

त्यसैले लाग्छ कि यहि पारा हो भने अझै पचास वर्ष पनि समृद्दिको आवाज बुलन्द नहोला कि भन्ने डर !

प्रतिक्रिया दिनुहोस