राजदूत पुरीले भेटे प्रधानमन्त्री ओलीलाई

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

पौष, ८  काठमाडौँ  । नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिदाई भेट गरेका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर पुरी दम्पत्तिले प्रधानमन्त्रीलाई भेट गरेका हुन् । भेट क्रममा प्रधानमन्त्री ओलीले उनलाई चिनो दिएका थिए ।

यसअघि उनले कांग्रेसका सभापतिलगायतलाई भेट गरेका थिए । पुरी सन् २०१७ मार्चमा नेपाल आएका हुन्। उनी तीन वर्षपछि कार्यकाल सकेर फर्कंदैछन् ।

प्रतिक्रिया दिनुहोस