राइफलसहित एक जना पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

पौष,२८ काठमाडौँ । बेनी नगरपालिका २ भकुण्डेबाट थ्री नट थ्री राइफलसहित एक जना पक्राउ परेका छन् ।

आइतबार राति ३० वर्षीय रेशम सापकोटालाई प्रहरीले पक्राउ गरेको हो । उनको घरमा छापा मार्दा ८९४० नम्बरको सो राइफल एक नाल, सोको म्याग्जिनमा लोड भएको गोली सात राउण्ड, लोड गरी राखिएको भरुवा बन्दुक एक थान र सोको बारुद छर्रा तीन डब्बा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले सापकोटाको घर तलासी गर्दा उक्त हातहतियार भेटिएको थियो । पक्राऊ परेका उनीमाथि थप अनुसन्धान अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस