अविरल वषा सगैं भएको क्षतीमा नेकपाले निकाल्यो प्रेस वक्तव्य

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार २८, काठमाडौं । देशका विभिन्न भागमा भएको अविरल आएको वर्षा सगैं भएकोे क्षतीमा नेकपाले प्रेस वक्तब्य जारी गरेको छ ।

प्रेस वक्तव्यमा भनिएको छ देशका विभिन्न भागमा हालै भएको अविरल बर्षाका कारण सिर्जित बाढी, पहिरो र डुबानबाट भएको मानवीय तथा भौतिक क्षतिबाट हाम्रो पार्टी अत्यन्त दुःखी भएको छ । दुःखको यस घडीमा बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउनुहुने दिदी–बहिनी तथा दाजुभाइहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै, यसक्रममा घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।
पीडितहरुको उद्धार र राहत कार्यमा सरकारका तर्फबाट आवश्यक पहल भइरहेकै छ । हामी हाम्रो पार्टीका सबै तहका कमिटी, नेता–कार्यकर्ता र जनसंगठनहरुलाई पनि उद्धार र राहत कार्यमा सक्रियतापूर्वक जुट्न निर्देशित गर्दछौं ।

नेकपा द्धारा जारी प्रेस वक्तव्यमा दुई अध्यक्षहरु पुष्पकमल दहाल ‘प्रचण्ड’ केपी शर्मा ओलीले हस्ताक्षर गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस