भारतीय पूर्वराष्ट्रपति मुखर्जी कोमामा

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २९,एजेन्सी । बिहीबार बिहान नयाँ दिल्लीस्थित उनको उपचार भइरहेको आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलले उनलाई कोमामा राखिएको जानकारी दिएको हो । यद्यपि उनको अवस्था स्थिर रहेको अस्पताललले बताएको छ ।

 

गत सोमबार उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनको ब्रेन सर्जरी पनि गरिएको थियो । गत सोमबार ८४ वर्षीय मुखर्जी आफैंले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस