किरन बाबु पुनको बहुप्रतिक्षित गीत धर्म बजारमा भिडियो सहित

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

भाद्र २७,काठमाडौं । गायक तथा सङ्गीतकार किरन बाबु पुनले बजारमा नया सङ्गीतिक कोसेली धर्म बोलको गीत लिएर आएका छन् ।

गायक किरन बाबु पुन नेपाली लोक सङ्गीत जगतमा नेपाली दर्शक हरुले आशा गरेको एक नक्षेत्र व्याक्ति हुन् त्यसैले होला किरन बाबुले ल्याउने नया गीतहरु प्रति दर्शकले धेरै माया साथ दिने गरेका छन् । धर्म बोलको गीत बाट पनि दर्शक राम्रै साथ दिइरहेका छन् । निकै नै आशा गरिएको गीतमा गायक तथा सर्जक किरन बाबु पुन र गायिका सन्जिवनीको स्वर रहेको छ भने लय सब्द किरन बाबु पुनकै रहेको छ ।

संकरा डिजिटलमा रेकर्ड गरिएको गितलाई बिष्णु तामाङले अरेन्ज गरेको छ भने अढियो सम्पादन कुमार सानु पुनले गरेका छन् ।  प्रेम थापा र सगुन शाहीको दम्दार अभिनय रहेको गीतलाई बाबु राजा के सी (उज्वल)को रहेको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गरेका छन् ।

मधुर बस्नेतको छायांकन रहेको गितलाई कृष्ण फिल्स नेपालले बजारमा ल्याएको छ । गीतलाइ निकै परिश्रम गरेर सबै कुरामा पुक्त बनाउने काम धर्म गीतको टीमले गरेको छ ।

धर्म गीत एक प्रेम कथाको काहानिमा आधारित रएहेको छ । एक प्रेम जोडिलाइ धर्म कै कारनले देखायर घर परिवारले माया प्रेम स्विकार नग्किरनगरेको कुरालाई गितमा देखाउन खोजिएको छ । किरन बाबुले माया प्रेम देश बिकाश प्रदेशिको पिडा लगायत सबै प्रकार को गीतहरुमा काम गर्दै आएका छन भने उन्ले ल्याउने हरेक गीतम गायिका सन्जिवनी सङ्ग सहकार्य गर्ने गरेको छन् । पछिल्नो समय मात्रै किरन बाबुले निकै नै दर्शको माया पाएको गित हरु मध्य सबै जसो उनको साथमा गायिका सन्जिवनी सगै सहकार्य रहेको छ । उसो त किरन बाबु र सन्जिवनीको जोडिलाई दर्शकले राम्रो रुचाएको छन ।

पछिल्नो समय बाचा,जुन ताराको गाउँमा ,समय बोलको गीतबाट दर्शकको निकै साथ पाए लगतै सन्जिवनी सङ्ग धर्म बोलको गीत किरन बाबुले बजारमा ल्याएको हुन् ।

किरन बाबु पुनले एक दशक देखि नेपाली कलाकारित क्षेत्रमा सङ्घर्ष गरिरहेका व्याक्ति हुन् । एक दशकको समयमा किरन बाबुले करिब एक हजार बढी गीतमा काम गरिसकेका छन ।

धर्म गीतको भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस