अक्सफोर्डले कोरोना विरुद्धको खोपको पुन: परीक्षण गर्दै

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २८, काठमाडौँ । अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोना भाइरस विरुद्धको खोपको पुन: परीक्षण सुरु गर्ने भएको छ । विश्वविद्यालयले एस्ट्राजेनेकासँग मिलेर खोप बनाएका हो । धेरै संख्यामा खोपको परीक्षण गर्दा केही व्यक्तिमा रियाक्सन देखिनु सामान्य भएको भन्दै फेरि परीक्षणलाई निरन्तरता दिन लागिएको बीबीसीको खबरमा उल्लेख छ ।

बेलायतका स्वास्थ्य सचिव मैट हैनकाँकले रोकिएको खोप फेरि परीक्षण हुन लागेकोमा स्वागत गरेका छन । एस्ट्राजेनेका-अक्सफोर्ड विश्वविद्यालय खोपलाई विश्वभर विकास गरिँदै गरेका खोपहरुमध्ये सबैभन्दा आश गरिएको र चाँडो उपलब्ध हुने खोपका रुपमा अपेक्षा गरिएको छ । तेस्रो चरणको परीक्षणमा ३० हजार मानिसको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस