बाध्यताको भूमरीमा अल्मलिएको भविश्य

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

विस्व नै कोरोनाको त्रासले अल्मलिरहेको अबस्थामा नेपालमा पनि दिनानुदिन यसको स्थिती झन भयावह हुंदैछ । उपत्यकामा त अन्य ठाउँको तुलनामा दैनिक झन्डै ४५% बृद्दी दर बढिरहेको सन्दर्भमा सरकारले केही हप्ता अगाडिदेखि लगाएको निषेधाज्ञालाई केही खुकुलो बनाएकोले पनि कोरोना नियन्त्रणमा त्यति सहजता आउला जस्तो छैन । एकातिर कोरोनाको झन बढ्दो गति छ भने अर्कोतिर निम्न आय भएका र दैनिक मजबुरी गरी आफू र आफ्नो परिवार पाल्न बाध्य भएका ब्यक्तिहरुको लागि भने हेर्नुहोस न , बाध्यताका ती क्षण । आखिर भोकले मर्नुभन्दा रोगले मरे मरिएला भनेर त होला। स्थान सडक पेटी नयाँ बसपार्क । बिहान करिब सबेरै नयाँ बसपार्कको बाटो हुँदै गन्तव्य तय गर्ने क्रममा सडक पेटीमा केही सडक ब्यपारीहरु आफ्ना केही सामानहरु सडक पेटीमा फिजाइरहेका र केही पैदल यात्रुहरु एकोहोरो कोरोनाको डर र त्रासले एकापसमा शंकाको घेरामा परी अगाडि बढीरहेका देखिन्थे ।


मानिसको भिडभाड , मनमा कोरोनाको त्रास , एकापसमा छोइएला भन्ने डर पनि , तर प्रत्येक मानिसको जीवन संघर्षको मैदानमा लखेटीइरहेको छ । हुनेखानेको त एकवर्ष या कयौं वर्ष लकडाउन या निषेधाज्ञा भएपनि जीवन सहज होला तर हुंदाखाने र प्रत्येक दिनको छाक टार्न संघर्ष नै जीवन हो भन्नेहरुको लागि भने यो कोरोनाको त्रास खासै छैन र अनुभव पनि गरेका छैनन र भएपनि पेट पाल्नको लागि मात्र नभई बाल बच्चाको उज्वल भविश्यको चिन्ताले पनि बाद्यताको भूमरीमा त्यतिकै अल्मलिइरहेको छ कतिको भविश्य ।

प्रतिक्रिया दिनुहोस