सेयर कारोबार रोकियो

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २८, काठमाडौँ । नेनेप्सेमा सेयर कारोबार खुलेको केही समयमै सिस्टममा समस्या आउँदा सेयर कारोबार रोकिएको छ । “नेप्से कारोबार व्यवस्थापन प्रणालीमा केही प्राविधिक समस्या आएकाले हाल कारोबार रोक्का राखिएको छ । हामी उक्त समस्या समाधानका लागि प्रयासरत छौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी छौं ।” नेप्सेले आफ्नो वेबसाइटमा सूचना राख्दै भनेको छ ।

गत साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्सेको अनलाइन कारोबार प्रणली (नट्स)मा समस्या आउँदा २ घण्टाभन्दा बढी कारोबार अवरुद्ध भएको थियो । जसले गर्दा साँझा ५ बजेसम्म बजार खुलेको थियो

प्रतिक्रिया दिनुहोस