सुब्बाको सात करोडको अबैध सम्पति

Khabar24Nepal Author Logo..
खिमराज गिरी पढ्न लाग्ने समय : २ मिनेट

के पत्याउनुहुन्छ ? यसो सुन्दा अपत्यारिलो तर वास्तविकतामा आधारित सत्य तथ्य घटनाको पर्दाफास भएको छ । एउटा सुब्बा तहको कर्मचारी २२ बर्षसम्म सरकारी जागिर खाँदा साढे ५ करोड सम्पत्ति अवैद्य ढंगले थुर्पादा अन्तत फन्दामा परेका छन् ।कहानी हो,नापी कार्यालय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्ले । २०५४ साल पुसदेखि २०७६ वैशाखसम्म सरकारी सेवामा रहँदा उनले ५ करोड ४३ लाख २७ हजार बराबरको अवैध सम्पत्ति थुपारेको फेला परेपछि अख्तियारले उनीविरुद्ध आजै भ्रष्टाचार मुद्दा चलाएको छ । जबकी उनको वैद्य आम्दानी १ करोड १७ लाख ४१ हजार मात्र हुन आउँछ । काफ्लेले यो अवधिमा ७ करोड १७ लाख ४१ हजार कमाएको अख्तियारको अनुसन्धानबाट खुल्न आएको छ ।

यसरी अवैद्य रुपमा आर्जित सम्पत्ति श्रीमती सुशीला काफ्लेको नाममा लुकाइएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । भक्तपुर र काभ्रेपलान्चोक जिल्लामा आफू र श्रीमती सुशीला काफ्लेको नाममा ३३ कित्ता भन्दा बढी जग्गा जमिन खरिद गर्दा रजिष्ट्रेशन लिखतमा वास्तविक भुक्तानी मूल्य भन्दा न्यून रकम देखाई जग्गाधनीलाई वास्तविक कारोबारको रकम भुक्तानी दिएको अनुसन्धानको क्रममा जग्गा बिक्रेताको बयान र भुक्तानी भएका चेक तथा बैङ्क स्टेट्मेन्टबाट अकुत सम्पत्ति पुष्टि हुन आएको अख्तियारले जनाएको छ।उनकी श्रीमतीको नाममा रहेका जग्गा जमिन, बैंक ब्यालेन्स रोक्का गरी जफत गर्न पनि अख्तियारको माग छ। यी त भए सा साना माछा तर ठूलो रकम हसुली सात पुस्तासम्मलाई जगेर्ना गरी देशै लुट्न खोज्ने ठूला माछाहरुलाई समात्ने आंट गर्न सक्यो भनेमात्र जनताको सामु अख्तियारको साख रहला अन्यथा कोहि अख्तियारमा चिनेको साथी या राजनीतिक नेताको छत्र छाँयामा रमाउन खोजेका यी भ्रष्टाचाररुपी ठूला माछाको रवाफले अख्तियार पाखा लाग्ने हो भने गत वर्ष कलन्की मालपोतका खरिदार रामहरी सुवेदी खाजा खान खाजा घरभित्र जांदा अर्का सेवाग्राहीबाट रु १ हजार रुपिया घुस लिएको भन्दै अख्तियारले केही दिन हिरासतमा राखी छोडिदियो र घरमा आएको एक हप्तामा मानसिक तनावले गर्दा आत्महत्या गर्न बाध्य भए ! यस्ता एकसय देखि एकहजार रुपिया सम्मका हजारौ केश छन जसले कतिको वर्षौं सम्मको सरकारी सेवामा परिवन्दले दाग लागेको छ । तर ठूला ठूला घरानिया दलाल बिचौलियाको भने टेक्ने डालो र समाउने हांगा भएर नै होला झन खुलेआम बितन्डा ।

प्रतिक्रिया दिनुहोस