अध्यक्ष दाहालद्वारा सिन्धुपाल्चोक पहिरोमा वेपत्ताको खोजी, राहत र उद्दारमा लाग्न आग्रह

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको पहिरोमा परी निधन तथा वेपत्ता भएको खबरप्रति दुख व्यक्त गरेका छन् । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा नम्बर–७ घुम्थाङको नागपुजेमा अविरल वर्षाका कारण शनिवार रातिको पहिरोमा परी ३० जना स्थानीयवासी बेपत्ता भएको छ भने ६ जनाको शव फेला परेको छ भने बाँकी २४ जना अझै हराइरहेका छन् ।

अध्यक्ष प्रचण्डले आइतबार शोक वक्तव्य जारी गर्दै वेपत्ताको खाजी, उद्दार र राहतमा जुट्न सम्बन्धित क्षेत्रका पार्टी कार्यकर्ता, सामाजिक अभियन्ता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरु सहित सम्पूर्ण नागरिकहरुमा अनुरोध पनि गरेका छन् । प्रचण्डले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘शोकको यस घडीमा पहिरोमा परी निधन हुनु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।

साथै सिन्धुपाल्चोक जिल्लासहित देशका विभिन्न स्थानहरुमा विगत केही महिनादेखि पहिरोबाट निरन्तर रुपमा धनजनको क्षति भइरहेको छ । यस्ता पहिरो जाने सम्भावित स्थानहरुको पहिचान गरी त्यहाँ बसोबास गरिरहेका नागरिकहरुको स्थानान्तरण गरी वैकल्पिक बसोबासको व्यवस्था गर्न प्रचण्डले सरकारसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस