बाँकेमा अपहरणको नाटक गर्ने प्रहरीको नियन्त्रणमा

Khabar24Nepal Author Logo..
महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

भदौ २८, बाँके । मलाई चार जनाले अपहरण गरेका छन् । अहिले म शौचालयबाट बोल्दैछु । केहीबेरमा अर्को घरमा लैजाने कुरा गर्दैछन्, मेरो उद्धार गर्नु प¥यो’ महिलाले फोन गरेपछि प्रहरी झसंग भए । बाँकेका एसपी, प्रदेशका डीआइजी हुँदै हेडक्वाटरसम्म कुरा पुग्यो ।
फोनमा महिलाले लमही–भालुवाङको बीचमा राखेका छन् भनिन् । जिल्ला प्रहरीको दौडादौड भयो । फोन लोकेसन हेर्ने काम भयो । फोनको लोकेसनले नेपालगञ्ज नै देखाइरहेको थियो । जिल्ला प्रहरी कार्यालय र वडा प्रहरीका सबै अधिकृतहरु घटनामा केन्द्रित भए । दौडादौडपछि महिलालाई नेपालगञ्जको फूल्टेक्रास्थित शिवमन्दिर नजिकबाट प्रहरीले नियन्त्रणमा लियो । लमही–भालुवाङको बीचमा अपहरण गरेर राखेका छन् भन्ने महिला यही बसेर फोन गरिरहेकी रहिछन् । प्रहरीले उनलाई नियन्त्रणमा लियो । अनि अनुसन्धान थाल्यो, बास्तवमा भएको के हो त ? महिलाको फेसबुकमा नवलपरासीको केटासँग चिनजान र कुराकानी हुँदो रहेछ । केटाले पोखरा घुम्न बोलाएका रहेछन् । केटीले आउँछ पनि भनिछन् । जाने भनेको दिन केटीले यता यस्तो नाटक गरिरहेकी छन् । दुई बच्चाकी आमाको यस्तो नाटकले धेरैबेर प्रहरीले हैरानी खेप्नु प¥यो । प्रहरीले अहिले उनलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ । पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत सार्वजनिक गरेको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस