थप एक कोरोना सङ्क्रमितको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २७, चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोनाबाट मृत्यु भएको छ । अस्पतालका निर्देशक डा.दयाराम लम्सालका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १० का ७८ वर्षीय वृद्ध रहेका छन् ।


उनमा असोज २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी निमोनियाका कारण २४ गते अस्पतालमा भर्ना भएका थिए । उनको उपचारका क्रममा आज राति ८ः१० वजे कोभिड सघन उपचार कक्षमा मृत्यु भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस