अमेरिकी राष्ट्रपति ट्रम्प कोरोनामुक्त

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २७, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । ह्वाइट हाउस फिजिसियन डा. शन कन्लीले स्थानीय समय अनुसार सोमबार बेलुका ट्रम्प संक्रमणको १२ दिनपछि संक्रमण मुक्त भएको बताएका हुन् । उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । डा. कन्लीले जारी गरेको वक्तव्यमा ट्रम्पको रिपोर्ट नेगेटिभ आएको र अरुमा संक्रमण नफैलाउने उल्लेख गरेको छ ।


कोरोना भाइरसबाट मुक्त भएका ट्रम्प चुनावी अभियानमा सामेल भएका छन् । उनले फ्लोरिडाको सनफोर्डमा चुनावी सभालाई सम्बोधन गरेका छन् । अक्टोबर १ मा ट्रम्पमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी तीन दिनसम्म अस्पताल बसेका थिए । ट्रम्पसँगै उनको वरपरका शीर्ष अधिकारीहरु पनि संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस