मकवानपुरबाट अवैध लागूऔषध चरेश सहित पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २७, मकवानपुर । भिमफेदी गाउँपालिका-२ बाट अवैध लागूऔषध चरेस करिब १० केजी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा पचरौटा नगरपालिका-७ बस्ने बा.४० प ७२४० नम्बरको मोटरसाइकल चालक १९ वर्षीय अरबिन्द कुमार पटेल र बारा आदर्श कोटवाल गाउँपालिका-७ बस्ने १९ वर्षीय सुलतान अंसारी रहेका छन् ।

मकवानपुर भिमफेदीमा खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ जाँदै गरेको उक्त मोटरसाइकललाई जाँच गर्ने क्रममा झोलामा लुकाईछिपाई ल्याएको उक्त लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस