कर्णालीमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ ३२, कर्णाली । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयका अनुसार कर्णाली प्रदेश थप ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालमा भएको परीक्षणबाट आइतबार थप ५२ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये दैलेख नौमुले गाउँपालिकाका ३५ जना रहेका छन । गाउँपालिकाको वडानम्वर नं. १, २, ३, ५, ६, ७ र ८ का ३४ जना पुरुष र एकजना महिला रहेका छन । नारायण नगरपालिकाका वडा नं. २ का दुईजना पुरुष रहेका छन् । सुर्खेतका १५ जनामध्ये वीरेन्द्रनगरपालिका १ का एकजना पुरुष, गुर्भाकोटा नगरपालिका वडानंम्बर १, ५, ११, १२ र १४ का ८ जना पुरुष रहेका छन् ।

त्यस्तै लेकबेसी नगरपालिका २ का एकजना पुरुष, पञ्चपुरी नगरपालिका वडानम्बर १, २, ६ र ७ का पाँचजना पुरुष रहेका छन् ।योसँगै कर्णालीमा संक्रमितको संख्या ९६७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस