आजको मौसम : धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ३०, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा मनसुनी न्युन चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण तर्फ अवस्थित छ । जसका प्रभावले हाल देशभर समान्य बदली रही प्रदेस १, बाग्मति प्रदेश ,गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा बर्षा भईरहेको छ ।

विभागले शुक्रबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाउदैं बाग्मति प्रदेश, गण्डकी प्रदेश ,प्रदेश नं ५ , र कर्णाली प्रदेशका १-२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको बताएके छ । यस्तै राती देशभर सामान्य वदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएके छ ।

विभागले देशका धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाउदैं प्रदेश १, बाग्मति प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका १(२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउन हुन सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस