दाङमा बाढीले कुखुरा बोकेको बोलेरो र कुखुरा फर्म बगायो

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २९, दाङ । दाङमा चट्याङ र अबिरल वर्षा पछि आएको बाढीले कुखुरा बोकेको बोलेरो र कुखुरा फर्म बगाएको छ।तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ चमेरे खोलामा स्थानीय राजकुमार वलीको कुखुराको फर्म बाढीले बगाएको हो।

बाढीका कारण फर्मसँगै त्यहाँ रहेका २२ दिनका एक हजार चल्ला र १० बोरा दाना बगेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक चक्रडम्मर पालले जानकारी दिएका छन्।त्यसबाट वलीलाई चार लाख बढीको क्षति भएको अनुमान गरिएको छ।त्यस्तै तुलसीपुर–घोराही सडक खण्डमा सडक खण्डमा पर्ने हापुर खोलामा आएको बाढीले एउटा बोलेरो गाडी बगाएको छ।जिल्ला प्रहरी कार्यालय दाङ प्रबक्ता डिएसपी सुमित खड्काका अनु्सार ना ४ ६ १४४६ नम्वरको उक्त बोलेरो गाडी बगाउँदा ३ हजार कुखुराका चल्ला मरेर नष्ट भएका छन्।

गाडी विहान साढे ६ बजेतिर बगाएको डिएसपी खड्काले बताए।सो बाट तीन लाख बढीको नोक्सानी भएको डिएसपी खड्काले बताए ।गएराति दाङमा मेघ गर्जनसहित भारी वर्षा भएपछि जिल्लाका दर्जन बढी खोलाहरूमा बाढीको आएको छ। जल तथा मौसम विज्ञान विभागले दाङको बेलझुण्डी, तुलसीपुर आसपासका क्षेत्रमा पछिल्लो ३ घन्टामा अति भारी वर्षा हुने भन्दै सावधानी अपनाउन सर्वसाधारणलाई म्यासेज समेत पठाएको थियो।भारी वर्षाले नदी तथा खहरे खोलाहरूमा बाढी आउन सक्ने र नदी तथा तटिय क्षेत्रहरु डुवानमा पर्न सक्ने खतरा उस्ले एसएमएस गरी सावधान रहन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस