मलेसियाले लगायो २५ मुलुकका नागरिकमाथि यात्रामा रोक

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २९, काठमाडौँ। मलेसियाले कोरोनाको कारण देखाउँदै २५ देशका नागरिकहरुलाई आफ्नो देशमा यात्रा गर्न रोक लगाएको छ । उक्त २५ मध्ये पाँचवटा भने मलेसियाले कामदार लिने देशहरु हुन् ।

इन्डोनेसिया, फिलिपिन्स, भारत, पाकिस्तान र बंगलादेशबाट मलेसिया कामदारको रुपमा मानिसहरु जाने गरेका छन् । मलेसियाले एक सूचना जारी गर्दौ एक लाख ५० हजारभन्दा भन्दा धेरै कोरोना संक्रमित भएका देशहरुलाई मलेसिया प्रवेशमा रोक लगाइएको जनाएको छ । यद्यपि नेपालीका लागि रोक भने लगाइएको छैन ।

मलेसियामा सोमबारसम्म ९ हजार ८६८ जनामा कोरोना संक्रमण देखिएको छ भने १२८ जनाको कोरोनाको काराण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस