कपिलवस्तुका सिमा स्तम्भ जीर्ण अवस्थामा

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

आश्विन २८,कृष्णनगर । नेपाल भारत सिमानाका स्तम्भ जीर्ण अवस्थामा रहेको पाइएको छ । मर्मत सम्भारको कमी र सरोकारवालाको ध्यान नपुगेकोले कृष्णनगर नगरपालिका बगही भिल्मी अंतर्गत पर्ने ५६४/६४ नं को सिमा स्तम्भ जीर्ण अवस्थामा छ । पटक-पटक सिमासुरक्षा,सिमा अतिक्रमणको विबाद उठछन र केहि दिनमा सेलाएर जान्छन तर सिमानाकाका स्तम्भहरु भने जीर्ण अवस्थामा नै छन ।

विजयनगर गाउपालिका वडा ६ तिर ढलेकाे सिमा स्तम्भहरु छन भने अन्य केही स्तम्भहरुमर्मतकाे अभावमा जीर्ण भई सिमना पहरेदारकै संरक्षण हुन नसकेकाे भिल्मीका स्थानिय कमलेशचन्द्र गुप्ताकाे भनाई छ।सरोकारवालाको ध्यान नपुगेकाले अतिक्रमण सम्भवना बढ्न सकने गुप्ताले बताएका छन ।

प्रतिक्रिया दिनुहोस