मंसीर २ गतेदेखि दाङ बन्द भन्ने हल्ला भ्रम मात्र सिडियो आचार्य (भिडीयो सहित)

Khabar24Nepal Author Logo..
सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २९, दाङ । जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले मंसीर २ गतेदेखि दाङ बन्द भन्ने हल्ला चलेकोले भ्रममा नपर्न दाङ जिल्ला बासीलाई आग्रह गर्नुभएको छ । तिहारमा देउसीभैलो नखेल्न, मन्दिरमा नजान अनावश्यक रुपमा हिडडुल भिडभाड र जमघट नगर्नका लागि मात्रै जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गरेको हो।

दाङ बन्दका रूपमा नलिन प्रमुख जिल्ला अधिकारी आचार्यले सबै दाङ जिल्लाबासीलाई आग्रह गरे । हिड्डुल गर्न सामान्य जीवनलाई असर पर्ने गरी निषेधाज्ञा गरेको होईन प्रमुख जिल्ला अधिकारी आचार्यले भने कोरोना रोकथाम तथा नियन्त्रणका लागि क्लव संघसंस्था जम्मा भएर देसीभैलो नखेल्न भिडभाड नर्गन, अनावश्यक रुपमा हिड्डुल नगर्न भनेका हौ । दाङमा कोरोना संक्रमण र मृत्युको संख्यामा वृद्धि हुनथालेपछि नजिकै आइरहेका तिहार छट्पर्वलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय दाङले कार्तिक २५ गतेदेखि मंसीर ६ गतेसम्म सामान्य जनजीवनलाई असर नपर्ने गरेर सुचना जारी गरेको दाङका प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभएको छ ।

हेर्नुहोस भिडीयो

 

प्रतिक्रिया दिनुहोस