कपिलवस्तुका एक कोरोना संक्रमितको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ३१, बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कपिलवस्तु मायादेवी गाउँपालिका वडा नम्बर ७ का एक कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको छ । २९ गते ज्वरो खोकी लागेर उपचारको लागि लुम्बिनीस्थित प्रदेशिक अस्पतालमा आएका ४० वर्षीय पुरुषको बिहान ८ बजे मृत्यु भएको हो ।

लुम्बिनीस्थित प्रदेशिक अस्पतालका कोरोना फोलक पर्सन डा. सुर्दशन थापाका अनुसार उनमा यसअघि नै कोरोना पुष्टि भइसकेकाले ती पुरुषलाई आइसीयूमा राखेर उपचार गरिएको थियो । यो सगैं कपिलवस्तुका कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस