जबरजस्ती करणी गरेर फरार दुई जना ६ वर्षपछि पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३०, कञ्चनपुर । जबरजस्ती सामुहिक करणी गरेर फरार रहेका दुई जनालाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको टोलीले पुनर्वास नगरपालिका–११ का ३० वर्षीय चन्नु राना र सोही ठाउँका २६ वर्षीय अनिल रानालाई सोमबार पक्राउ गरेको हो ।

स्थानीय युवतीलाई जबरजस्ती करणीको वारदातपछि दुबैजना २०७१ फागुनदेखि फरार थिए ।

प्रतिक्रिया दिनुहोस