चट्याङ लागेर एक जनाको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 भदौ ३०, बारा  । बारामा चट्याङ लागेर आज एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । प्रहरीका अनुसार दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेको अवस्थामा अचानक चट्याङ लागेर जितपुरसिमरा उपमहानगरपालिका–१४ का धर्मप्रसाद राय चौधरीको मृत्यु भएको छ ।


गम्भीर घाइते भएका उनको डुमरवानास्थित डुमरवाना पोली क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।टायर गाडामा बालुवा लोड गरिरहेका सोही ठाउँ बस्ने करिब २७ वर्षीय तेतर माझी सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस