सल्यानमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

Khabar24Nepal Author Logo..
मनोज डाँगी पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३०, सल्यान । सल्यानमा पछिल्लो २४ घण्टामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।चौरजहारी नगरपालिको प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा कुमाख गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो ।

कुमाख गाउँपालिका वडा न ३ का २४ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको हो । भारतको गुजरातबाट आएका उक्त व्यक्ति होम क्वारेनटाइनमा बस्दै आइरहेका थिए । यससँगै सल्यानमा कोरोना संक्रमितको संख्या ३ सय ७ पुगेको छ । जसमा ३ सय निको भएर घर फर्कि सकेका छन् ।

प्रतिक्रिया दिनुहोस