एमटेक औषधि उद्योगका १५ कर्मचारीमा कोरोना पुष्टि

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ३० ,मोरङ । मोरङमा रहेको एमटेक मेड औषधि उद्योग प्रालिका कर्मचारीमा कोरोना संक्रमण पुटि भएपछि उद्योग बन्द गरिएको छ ।

कटहरी गाउँपालिकास्थित एमटेक प्रालिमा कार्यरत १ सय ८० कामदारको पीसीआर परीक्षण गराउँदा १५ जनाको कोरोना परीक्षण गराउँदा त्यसमध्ये १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएसँगै कारखानालाई डिसइन्फेक्टेड (निर्मलीकृत) गर्ने काम भइरहेको उद्योगका सञ्चालक मनिष अग्रवालले जानकारी दिए ।  उनका अनुसार डिसइन्फेक्टेड गरेपछि मात्रै उद्योग सञ्चालन हुनेछ ।

कोरोना पुष्टि भएकामध्ये एक जनाबाहेक सबैको अवस्था सामान्य रहेको छ । भने एक जनामा श्वासप्रश्वास सम्बन्धि समस्या रहेको अग्रवालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस