७ जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३०, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ जिल्लामा ५०० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने ६ जिल्ला संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार सोलुखुम्बु, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला संक्रमणमुक्त भएका छन्। सात जिल्लामा भने ५०० जनाभन्दा बढी सक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

मोरङ, सुनसरी, काठमाडौं, भक्तपुरमा ५र५ सयभन्दा बढी सक्रिय संक्रमित छन्। त्यस्तै चितवन, मकवानपुर र रुपन्देहीमा पनि ५०० भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

आज मात्रै काठमाडौ‌ंमा ५५५, मोरङमा १११, सुनसरीमा १७ र भक्तपुरमा ८६ जना संक्रमित थपिएका छन्। त्यसैगरी मकवानपुरका ८७, चितवनका ३७ र रुपन्देहीका ५१ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयको तथ्यांक यस्तोफ छ…

प्रतिक्रिया दिनुहोस