असोज पहिलो हप्ता देखि परिचय पत्र दिने

Khabar24Nepal Author Logo..
खड्ग सुनार पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३०, मुगु । मुुगुु छायानाथ रारा नगरपालिका भित्र रहेका अपागंहरुलाई अहिलेसम्म सेवा सुविधा र परिचय पत्र पाउन नसकेकाले असोज ६ गतेबाट परिचय पत्र वितरण गर्ने निर्णय भएको छ ।

छायानाथ रारा नगरपालिकाको आयोजनामा र डार्डो नेपाल मुगुको सहजीकरणमा सोमवार बसेको बैठकले अपागंता सम्बन्धि कागजात सहित विवरण पुरा गरेका व्यक्तिहरुलाई परिचय पत्र दिने र विवरण पुरा गरेका अपागं व्यक्तिहरुलाई परिचय पत्र दिने तर विवरण पुरा नभएका व्यक्तिहरुलाई रित अनुसार सम्पर्कमा आउन अनुरोध गर्ने निर्णय गरिएको हो ।

नगरपालिकाका उप मेयर सुन्तला रोकायाको अध्यक्षतामा बसेको बैठेकले यस्तो निर्णय गरेको हो । नयाँ संरचना भए देखि जन प्रतिनीधीहरुले चासो नदेखाएका कारण अपागंता भएका व्यक्तिहरुले सेवा सुविधा र परिचय पत्र पाउन नसकेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस