ट्याक्टरबाट खसेर सहचालकको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २९, स्याङ्जा । स्याङ्जामा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ । बुधबार राति साढे ८ बजे कालीगण्डकी गाँउपालिका-६ कोटघरस्थित लु ४ त ५६६ नम्बरको ट्याक्टरबाट खस्दा २१ वर्षीय कुल सिंजापतीको दुबै खुट्टा ट्याक्टरले किचेको थियो । जयपतेबाट कोटघरतर्फ ढुङ्गा लिएर जाँदै गरेको ट्याक्टरबाट सहचालक २१ वर्षीय कुल सिंजापती खसेका थिए। खसेपछि उनको दुबै खुट्टा ट्याक्टरले किचेको थियो ।


घाइते उनलाई उपचारको लागि मिसन अस्पताल पाल्पामा उपचारका क्रममा उनको राति सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ । उनको शव सोही अस्पतालमा राखिएको छ । प्रहरीले ट्याक्टर र चालक २२ वर्षीय शिव सोमैलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस