मुगु सहित कर्णालीका जिल्लामा टेलिकमको फोन सेवा अवरुद्ध

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

असोज २९, मुगु ।हिमाली जिल्ला मुगु सहित कर्णालीका हुम्ला , जुम्लामा नेपाल टेलिकमको फोन सेवा अवरुद्ध भएको छ । टेलिकमको नेटवर्क बोर्डकास्टमा समस्या देखिएपछि बिहीबार विहानैदेखि फोन सेवा अवरुद्ध भएको हो ।

अहिले साविकका कर्णालीका जिल्ला जुम्ला । हुम्ला , र मुगुमा प्राविधिक समस्याका कारणले सबै स्थानहरुमा टेलिफोन सेवा प्रभावित भएका छन् । नेपाल टेलिकम मुगुका अनुसार कुन ठाउँको स्वीचमा समस्या देखिएको छ भन्ने पत्ता लगाउन प्राविधिकहरु लागि परेका छन् यदि पत्ता लाग्यो भने छिट्टै नै सेवा सुचारु हुने जानकारी दिएको छ ।

टेलिफोन सेवाले काम नगर्दा नजिकिदै गरेको नेपालीहरुको महान पर्व वडा दशै लाई लक्षित गरि आफ्ना आफन्तजन लाई सम्पर्क गर्न नपाएको गुनासो पोखेका छन् । आफ्ना ईष्ट मित्र कहाँ छन् के गर्दे छन् भनेर बुझ्न पाएका छैनौ घर आउने समय पनि करिब भईसकेकाले नेटवर्कले राम्रो सँग काम नगर्दा कुनै पनि जानकारी पाउन नसकेको छायानाथ रारा नगरपालिका वडा नं ७ पिनाका अज बहादुर शाहीले जानकारी दिनु भयो ।

उहाले भन्नु भयो यत्ति मात्रै होईन रेडियो कार्यक्रम एस.आर.एच.आर कचहरीको लागि काठमाडौका अतिथिहरु सँग अन्र्तवार्ता लिनु पर्ने भएकाले नेटवर्कले काम नगर्दा सो काम प्रभावित भएको जानकारी दिनु भयो । टेलिकमको मोवाइल, ल्याण्डलाइन र इन्टरनेट सेवा प्रभावित भएको छ । तर एनसीएलको मोवाइल नेटवर्कले भने काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस