थप ३८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको कुल संख्या ६५९१

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ३८० कोरोना संक्रमित बढेका छन् । यो संगै नेपालमा कोराना संक्रमितको संख्या ६५९१ पुगेको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालमा भएको परीक्षणमा झापा, सुनसरी, पाँचथर रौतहट, पर्सा, गोरखा, नवलपरासी, अछाम, बैतडी, डोटी, कञ्चनपुर कैलाली, वाँके, बर्दिया, सप्तरी, नवलपरासी पूर्व, अर्घाखाँची, रुपन्देही, दैलेख, सुर्खेत, धनुषा, रामेछाप, सल्यान, दाङ, काठमाडौ, महोत्तरी, मोरङ रोल्पा सर्लाहीमा थप कोरोना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस