विश्वमा २ करोड १५ लाख २२ हजार बढी कोरोना मुक्त

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३१, काठमाडौँ । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २ करोड ९७ लाख १४ हजार नाघिसकेको छ । जसमध्ये २ करोेड १५ लाख २२ हजार बढी मानिस उपचारपछि निको भइसकेका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या ७२ लाख ५३ हजार ५ सय बढी छ । त्यसमा ९९ प्रतिशतत अर्थात ७१ लाख ९२ हजार ६ सय बढी सामान्य अवस्थाका बिरामी छन भने एक प्रतिशत अर्थात ६० हजार ८ सय बढी गम्भीर बिरामी छन् ।

त्यस्तै नेपालमा संक्रमितको संख्या ५७ हजार ७ सय ८८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म घर फर्किनेको संख्या ४० हजार ६ सय ३८ जना रहेको छ भने मृत्यु हुनेको संख्या ३ सय ७१ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस