धरानमा थप एक जना कोरोना संक्रमितको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३१, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार सप्तरी खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । २८ भदौमा कोरोना पोजेटिभ देखिएका पुरुषलाई ३० भदौमा प्रतिष्ठानमा भर्ना गरिएको थियो । उपचारका क्रममा बुधबार विहान ६ बजे मृत्यु भएको हो ।

प्रवक्ता सापकोटाका अनुसार एक वर्षयता मृगौलामा समस्या भएका कारण उनी नियमित डाइलसिस गराइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस